पश्चिमी वायूको आंशिक प्रभाव: कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

159 Shares

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

सोमबार बिहान:
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ। तराईका केही स्थानमा बिहान हुस्सु लागेको छ। गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

सोमबार दिउँसो:
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति:
तराईका केही स्थानमा तुँवालो लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।