निर्वाचन सामग्री ढुवानी तीव्र: नेपाली सेनाले ४३ जिल्लामा पुर्‍यायो सामग्री

175 Shares

काठमाडौं । नेपाली सेना ले देशभरका ४३ जिल्लामा निर्वाचन सामग्री पुर्‍याएको छ । निर्वाचन पूर्व तयारी अन्तर्गत सेनाले सामग्री ढुवानी कार्य तीव्र रूपमा अघि बढाएको हो ।

हाल १२ जिल्लामा सामग्री पुर्‍याउने काम जारी रहेको र बाँकी २२ जिल्लामा पनि क्रमशः सामग्री पठाइने जानकारी दिइएको छ ।

तीन हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पा मा भने हवाईमार्फत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ । आइतबार मात्रै डोल्पामा सेनाको स्काई ट्रकमार्फत मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर तथा रंगिन मतदाता नामावलीलगायत सामग्री पुर्‍याइएको छ ।

अब मनाङ र मुस्ताङ मा पनि हवाई साधनमार्फत निर्वाचन सामग्री लैजाने तयारी गरिएको छ ।