188
Shares
काठमाडौं: राजधानीको तारकेश्वर नगरपालिका–९ स्थित एक घरभित्र चितुवा पसेर दुई जनामाथि आक्रमण गरेको छ।
अनोजमणी अधिकारीको घरमा पसेको चितुवाको आक्रमणबाट दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन्।
घाइते दुलाल महर्जनलाई शुभम अस्पतालमा तथा मायानाथ वाग्लेलाई आर्मी अस्पतालमा उपचारका लागि पुर्याइएको प्रहरीले जनाएको छ। महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ।
हाल चितुवालाई घरभित्रै थुनेर राखिएको र नियन्त्रणमा लिन पहल भइरहेको प्रहरीले जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया