रौतहटमा बस दुर्घटना, ९ जना घाइते

181 Shares

रौतहट सदरमुकाम गौरमा शुक्रबार बिहान साढे ११ बजे बस दुर्घटना भएको छ। दुर्घटनामा करिब ४० जना यात्रु रहेको बस सडक छेउको विद्युत पोलमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

घाइतेहरूमा रौतहट गढीमाई–१ का ३२ वर्षीय रञ्जय यादव, यमुनामाई–३ का ४२ वर्षीय विनोद बैठा, गरुडा–४ का २६ वर्षीय निरज कुमार गुप्ता, बारा कलैया–१ का ३० वर्षीय नुर महम्मद, हेटौंडा–४ की ४२ वर्षीया सुनिता केशरी, भारत सितामढी जिल्लाका ६० वर्षीय लसिभ सहनी, मकवानपुर भारत गमडिया–४४ वर्षीय देव नारायण बैठा, २० वर्षीय सुभम कुमार बैठा र भारत शिवहर जिल्लाका ५५ वर्षीय ललन साह रहेका छन्।

प्रहरीले घाइतेमध्ये अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको बताएका छन्। घाइतेहरूलाई प्रादेशिक अस्पताल गौरमा उपचारका लागि पठाइएको छ भने केहीलाई थप उपचारका लागि आँखा अस्पताल फुरेनवा र वीरगंजतर्फ रिफर गरिएको छ।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। बस चालक रिजवान खानलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान सुरु गरेको छ।