रामेछाप बस दुर्घटनाः बेपत्ता युवाको शव भेटिँदा मृतक संख्या १४ पुग्यो

197 Shares

रामेछाप। गत मंगलबार भएको बस दुर्घटनामा बेपत्ता भएका २४ वर्षीय बिशाल सुनुवार को शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछाप का अनुसार शव दुर्घटना स्थलबाट करिब १ सय मिटर तल, सुनकोशी र तामाकोसीको संगम मा भेटिएको हो।

सो दुर्घटनामा १२ जनाको मृत्यु भइसकेको थियो भने २ बालकसहित ३ जना वेपत्ता थिए। मन्थली नगरपालिका २ का क्रियन तामाङ को शव सोमबार फेला परेको थियो भने लिखु तामाकोसी गाउँपालिका ७ का ८ वर्षीय रोनिश तामाङ अझै बेपत्ता छन्।

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गरिएको जानकारी दिएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त खोजी अभियान जारी रहेको राजन प्रसाद तिमिल्सिना ले जानकारी दिनुभएको छ।