पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू

172 Shares

काठमाडाैं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। मूल्य वृद्धिसँगै काठमाडौं, पोखरा र दिपायल मा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ।

त्यस्तै सुर्खेत र दाङ मा पेट्रोलको मूल्य १५५ रुपैयाँ कायम गरिएको छ।

यसैगरी चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज मा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

नयाँ मूल्य सूची आज राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।