नेपाल मा पश्चिमी वायुको प्रभाव : केही क्षेत्रमा हुस्सु, उच्च पहाडमा वर्षा–हिमपात सम्भावना

153 Shares

काठमाडौं । काठमाडौं लगायत देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग का अनुसार शुक्रबार बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश मा सामान्य बदली रहने तथा अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।

राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।