बागलुङमा स्कुल भ्यान दुर्घटना, २४ बालबालिका घाइते

173 Shares

काठमाडौँ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते भएका छन्।

बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा दुर्घटना भएको हो। दुर्घटना बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खलको भवन नजिकै ग ३ च ८६२१ नम्बरको भ्यानले गर्दा भएको प्रहरीले जनाएको छ।

घाइते विद्यार्थीहरूलाई उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना स्थानीय सडकबाट अन्दाजी ५० मिटर तलको शिवधारचोक जाने मार्गमा भ्यान खस्दा भएको थियो।