दलाई लामालाई जेफ्री एपस्टिनसँग जोड्ने प्रयासप्रति आपत्ति

174 Shares

काठमाडौँ । महामहिम दलाई लामालाई जेफ्री एपस्टिनसँग जोड्ने प्रयास गरिएकोप्रति आपत्ति जनाइएको छ।

दलाई लामाको कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यमका समाचार तथा सामाजिक सञ्जालमा फैलाइएका पोस्टहरूमा तथाकथित “एपस्टिन फाइल्स” सन्दर्भमा दलाई लामालाई एपस्टिनसँग जोड्ने प्रयास भएको उल्लेख गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाइएको हो।

विज्ञप्तिअनुसार दलाई लामाले जेफ्री एपस्टिनसँग कहिल्यै पनि भेट नगरेको स्पष्ट पारिएको छ। साथै दलाई लामाको तर्फबाट कसैलाई पनि उहाँसँग कुनै बैठक वा अन्तर्क्रिया गर्न अनुमति नदिइएको दाबी गरिएको छ।

कार्यालयले आधारहीन तथा अप्रमाणित सूचनाले भ्रम सिर्जना गर्न सक्ने भन्दै यस्ता सामग्रीप्रति सावधानी अपनाउन

काठमाडौँ । महामहिम दलाई लामालाई जेफ्री एपस्टिनसँग जोड्ने प्रयास गरिएकोप्रति आपत्ति जनाइएको छ।

दलाई लामाको कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यमका समाचार तथा सामाजिक सञ्जालमा फैलाइएका पोस्टहरूमा तथाकथित “एपस्टिन फाइल्स” सन्दर्भमा दलाई लामालाई एपस्टिनसँग जोड्ने प्रयास भएको उल्लेख गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाइएको हो।

विज्ञप्तिअनुसार दलाई लामाले जेफ्री एपस्टिनसँग कहिल्यै पनि भेट नगरेको स्पष्ट पारिएको छ। साथै दलाई लामाको तर्फबाट कसैलाई पनि उहाँसँग कुनै बैठक वा अन्तर्क्रिया गर्न अनुमति नदिइएको दाबी गरिएको छ।

कार्यालयले आधारहीन तथा अप्रमाणित सूचनाले भ्रम सिर्जना गर्न सक्ने भन्दै यस्ता सामग्रीप्रति सावधानी अपनाउन आग्रह गरेको छ।

आग्रह गरेको छ।note-2.webp