काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, दुर्घटना कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा गएको थियो। ठोक्किएको मोटरसाइकलहरू क्रमशः ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरका थिए।
दुर्घटनामा ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक ओमप्रकाश खोजवार (२८), देवचुली नगरपालिका–१७, घाइते भएका थिए। उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उनको मृत्यु भएको प्ररही उपरीक्षक खड्काले जानकारी दिए।
अर्को मोटरसाइकल प्रदेश ०३–०३ प २५२१ मा सवार प्रमेश्वरी महतो (४४) र उनका चार वर्षीय छोरा जेसन महतो, कावासोती नगरपालिका–१७ का, घाइते भएका छन्।
प्रहरीले दुर्घटनामा संलग्न तीनै मोटरसाइकल नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया