काठमाडौं । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ।
मोरङको विराटचोकमा शुक्रबार नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए। उनलाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो, जहाँ उपचारकै क्रममा राति ८ बजेर ५२ मिनेटमा उनको निधन भएको हो।
सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले एसपी घिमिरेको निधन भएको पुष्टि गरेका छन्। बैठकका क्रममा ढलेपछि उनको जिब्रो काटिएको र उच्च रक्तचापसमेत देखिएको जनाइएको छ।
स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि बचाउन नसकिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया