कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

181 Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३०, गोलभेँडा सानो (टनेल) ४५, गोलभेँडा सानो (भारतीय) ४२ र गोलभेँडा सानो (तराई) ५२ रुपैयाँ कायम गरिएको छ। आलु रातो प्रतिकिलो ३०, आलु रातो (भारतीय) २७ र प्याज सुकेको (भारतीय) ४० रुपैयाँ तोकिएको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ७०, गाजर (तराई) ५५, बन्दा (लोकल) ६०, बन्दा (तराई) ४०, बन्दा (नरिबल) ४५, काउली स्थानीय ४५, काउली स्थानीय (ज्यापू) ७०, काउली तराई ४५, रातो मूला ३५, सेतो मूला (लोकल) १८, सेतो मूला (हाइब्रिड) २४, भन्टा लाम्चो ५५ र भन्टा डल्लो ६५ रुपैयाँ कायम भएको छ।

त्यस्तै, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) २००, घिउ सिमी (हाइब्रिड) १६०, घिउ सिमी (राजमा) १६०, तिते करेला २२०, लौका ७०, फर्सी पाकेको ५५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ६०, भिन्डी १२०, सखरखण्ड ७०, बरेला ७०, पिँडालु ६५ र स्कुस ७० रुपैयाँ निर्धारण गरिएको छ।

सागसब्जीतर्फ रायोसाग प्रतिकिलो ३५, पालुङ्गो ५०, चमसुर ५०, तोरीसाग २५, मेथी ६०, हरियो प्याज ६०, बकुला ८०, तरुल ७० रुपैयाँ कायम छ। च्याउतर्फ कन्य च्याउ १००, डल्ले च्याउ ३४०, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ।

अन्य तरकारीमा ब्रोकाउली ६०, चुकुन्दर ७०, सजीवन २२०, रातो बन्दा १२०, जिरीको साग ८०, ग्याठकोभी ६५, सेलरी २२०, पार्सले ६००, सौफको साग ८०, पुदिना ३५०, गान्टे मुला ६०, इमली १८०, तामा १३०, तोफु १५०, गुन्द्रुक ३५० र रूखटमाटर प्रतिकिलो २६० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) ३२०, केरा (दर्जन) १८०, कागती १३०, अनार ३२०, अङ्गुर (हरियो) २५०, अङ्गुर (कालो) ४५०, सुन्तला (नेपाली) १८०, तरबुजा ९०, मौसम १३०, जुनार १३०, भुइँकटहर प्रतिगोटा १५५, काँक्रो (लोकल) १२०, काँक्रो (हाइब्रिड) १०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, निबुवा ६५, नास्पाती (चाइनिज) २५०, मेवा (नेपाली) ७०, मेवा (भारतीय) ११०, लप्सी १२०, किनु १३०, स्ट्रबेरी ५५०, किबी २५० र एभोकाडो प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।

मसलातर्फ अमला प्रतिकिलो १००, अदुवा १२०, सुकेको खुर्सानी ४२०, खुर्सानी हरियो १३०, खुर्सानी हरियो (बुलेट) १३०, खुर्सानी हरियो (माछे) ८०, खुर्सानी हरियो (अकबरे) ५५०, भेडे खुर्सानी ९०, हरियो लसुन ८०, हरियो धनियाँ ५० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, लसुन सुकेको (चाइनिज) २२०, छ्यापी सुकेको १६०, छ्यापी हरियो १८०, माछा सुकेको १ हजार, ताजा माछा (रहु) ३४०, ताजा माछा (बचुवा) २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ।