देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन : मौसम पूर्वानुमान महाशाखा

160 Shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

महाशाखाका अनुसार तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ। यस्तै, कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

त्यसैगरी, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।