167
Shares
काठमाडौं । रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट अन्दाजी ६ वर्षीय एक बालकको मृत्यु भएको छ।
स्थानीयका अनुसार बालकलाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार आलम र चालक घटनास्थलबाट फरार भएका छन्। ठक्कर दिने गाडी भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार बा १५ च ४२४४ नम्बरको क्रेटा गाडी दुर्घटनामा संलग्न रहेको पुष्टि भएको छ। गाडी नियन्त्रणमा लिइए पनि चालक र सवार व्यक्ति फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। यस सम्बन्धी थप विवरण आउन बाँकी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया