177
Shares
काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।
उनका बुबा, भोजप्रसाद भट्टराई, ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। निकट स्रोतका अनुसार केही दिनयता उनको स्वास्थ्य जटिल बनेको थियो र बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।
स्वर्गीय भट्टराईको अन्त्येष्टि बिहीबार बिहान ११ बजे पशुपति विद्युत् शवदाह गृहमा हुनेछ। प्रलोपा नेता जन्मदेव जैसीले जानकारी दिनुहुँदै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी गराउनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया