फागुन १ देखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि

225 Shares

काठमाडौँ । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल तथा रासन बापत प्रदान गरिने दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार वृद्धि गरिएको रासन स्केल र दैनिक रकम २०८२ साल फागुन १ गतेदेखि लागू हुनेछ।

गृहमन्त्री अर्यालले भन्नुभयो, “नेपाल प्रहरीका कर्मचारीहरूको सुविधा सुधार गर्ने उद्देश्यले रासन स्केल र रासन बापतको दैनिक रकम बढाउने निर्णय गरिएको हो।”

सरकारको यो निर्णयले देशभर कार्यरत प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।