एजेन्सी । अफगानिस्तानका विभिन्न क्षेत्रमा बुधबार र बिहीबार परेको ठूलो हिमपात र वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ।
अफगानिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले एक विज्ञप्ति जारी गर्दै आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएको जानकारी दिएको छ।
समाचार संस्था एएफपी का अनुसार प्रारम्भिक तथ्यांकले मृतकको संख्या ६१ र घाइतेको संख्या १ सय १० भन्दा बढी रहेको देखाएको छ।
विगत तीन दिनदेखि अफगानिस्तानका अधिकांश क्षेत्रका बासिन्दाहरू भारी हिमपात र अत्यधिक चिसोको सामना गरिरहेका छन्।
यस कारण राजधानी काबुल र कैयौं प्रान्तहरूबीचको महत्त्वपूर्ण सडक सञ्जाल र प्रमुख राजमार्गहरू अस्थायी रूपमा बन्द भएका छन्, जसले यातायात र आपूर्ति प्रणालीमा समस्या उत्पन्न गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया