अमेरिकी सेनाले सिरियामा आईएसका ठेगानामा व्यापक आक्रमण

206 Shares

एजेन्सी । अमेरिकी केन्द्रीय कमाण्डले अमेरिकी सेनाले सिरियाभरी रहेका इस्लामिक स्टेट (आईएस) का विभिन्न स्थानहरूमा व्यापक आक्रमण गरेको जनाएको छ।

कमाण्डले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शनिबार अमेरिकी र साझेदार सेनाहरूले यी स्ट्राइकहरू सम्पन्न गरेको बताएको हो। सो कारबाही अमेरिकी सेनाको हकआई स्ट्राइक अपरेशनको एक हिस्सा हो, जुन गत डिसेम्बरमा घोषणा गरिएको थियो।

यो सैन्य कदम डिसेम्बर १३ मा सिरियाको पाल्मिरामा अमेरिकी र सिरियाली सेनामाथि भएको घातक आईएस आक्रमणको जवाफस्वरूप चालिएको हो। सो आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिकको मृत्यु भएको थियो।