पाकिस्तानमा बस दुर्घटना, ३ को मृत्यु र १६ घाइते

204 Shares

एजेन्सी। पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको तालागाङ जिल्लामा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन्।

रावलपिण्डीबाट मुल्तानतर्फ जाँदै गरेको बस पहाडी क्षेत्रको मोड काट्ने क्रममा अनियन्त्रित भएर करिब १०० फिट गहिरो खोंचमा खसेको उद्धार अधिकारीहरूले जनाएका छन्।

घटनास्थलमा पुगेका रेस्क्यु ११२२ का टोली र जिल्ला प्रशासनका कर्मचारीहरूले मृतक र घाइतेहरूलाई तालागाङस्थित सरकारी अस्पताल पुर्‍याएका छन्। घाइतेहरूको उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान जारी रहेको बताइएको छ।