एजेन्सी । टर्कीमा असफल सैन्य विद्रोह (कू) सँग संलग्न भएको आरोपमा देशभर सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा २ सय २३ जना संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
टर्कीका आन्तरिक मामिलामन्त्री अली येर्लिकायाले मंगलबार पछिल्लो २० दिनभित्र उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। उहाँका अनुसार उक्त कारबाही गुलेन मुभमेन्टको गोप्य संरचनासँग आबद्ध व्यक्तिहरूलाई लक्षित गरी गरिएको हो।
मन्त्री येर्लिकायाले ती व्यक्तिहरू गुप्त सञ्चार सञ्जाल र वित्तीय सहयोग गतिविधिमा संलग्न रहेको आशंका रहेको बताउनुभयो। पक्राउ परेकामध्ये ८७ जनालाई औपचारिक रूपमा हिरासतमा लिइएको छ भने ५० जनालाई न्यायिक निगरानीमा राखिएको छ।
बाँकी व्यक्तिहरूका हकमा आवश्यक कानुनी प्रक्रिया जारी रहेको उहाँले जानकारी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया