128
Shares
एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमबार न्यूयोर्कस्थित एक अदालतमा भएको पहिलो उपस्थितिका क्रममा आफूमाथि लगाइएका सबै अमेरिकी आरोपहरू अस्वीकार गर्नुभएको छ।
अदालतभित्र उपस्थित सञ्चारकर्मीहरूका अनुसार मादुरोले अदालतसमक्ष आफू पूर्ण रूपमा निर्दोष रहेको र कुनै पनि अपराध नगरेको दाबी गर्नुभएको हो। साथै उहाँले आफूलाई काराकासस्थित आफ्नै निवासबाट अपहरण गरिएको आरोप लगाउँदै अझै पनि आफू भेनेजुएलाको वैधानिक राष्ट्रपति नै भएको बताउनुभएको छ।
मादुरोविरुद्ध दायर मुद्दाको अर्को सुनुवाइ आगामी मार्च १७ तारिखका लागि तय गरिएको अदालतले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया