एजेन्सी। स्वीट्जरल्याण्डको एक चर्चित स्की रिसोर्टमा नयाँ वर्षको पार्टी मनाइरहँदा भएको भीषण आगलागीमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ।
एल्पाइन हेभन क्षेत्रमा अवस्थित क्रेन्स–मोन्टाना स्की रिसोर्टमा बुधबार राति नयाँ वर्षको पार्टी चलिरहेका बेला अचानक आगलागी भएको हो। आगलागीबाट मृत्यु हुनेहरूको यकिन संख्या अझै सार्वजनिक गरिएको छैन भने १ सयभन्दा बढी घाइतेलाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार आगलागी प्राविधिक कारणले भएको र यसमा कुनै आतंकवादी संलग्नता नरहेको दाबी गरिएको छ। घटनापछि दमकल, प्रहरी र उद्धार टोलीले तत्काल उद्धार कार्य सुरु गरेका थिए।
उक्त रिसोर्ट युवामाझ निकै लोकप्रिय मानिन्छ। नयाँ वर्षको अवसरमा ठूलो संख्यामा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक सहभागी रहेका कारण क्षति ठूलो भएको अनुमान गरिएको छ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया