विश्वप्रसिद्ध जलवायु अभियानी ग्रेटा थनबर्गद्वारा नेपालमा आएको भीषण विपत्तिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले धनी तथा औद्योगिक मुलुकहरूले गर्ने सहयोगलाई’ दान’ नभई उनीहरूले तिर्नुपर्ने’ जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्ने बताएकी छन ।
भिडिओ वक्तव्य जारी गर्दै २३ वर्षीया थनबर्गले योगदान रहेका नेपाल जस्ता मुलुकहरूले आज अरूको प्रदूषणको सबैभन्दा ठूलो मूल्य चुकाउनुपरेको बताएकी छन् । यसले नेपालमाथी घोर जलवायु अन्याय भएको उनले बताएकी हुन् ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि हिमनदी पग्लिने, बेमौसमी बाढी र भीषण पहिरोको मार नेपालले खेप्नुपरेको भन्दै उनले नेपालको न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् ।
टाइम’ वर्ष व्यक्ति बनिसकेकी ग्रेटाको यो सशक्त अभिव्यक्तिले नेपालको विपत्तिलाई केवल तत्कालीन राहतमा मात्र सीमित नराखी धनी राष्ट्रहरूको ऐतिहासिक जिम्मेवारी र वित्तीय क्षतिपूर्तिको विश्वव्यापी बहसका रूपमा स्थापित गरिदिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया