काठमाडाैं। अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो भएको बताउनुभएको छ।
दशरथ रंगशालामा बिहीबार त्रिभुवन विश्व विद्यालय (त्रिवि) को ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको मात्र नभइ विश्वको समृद्धिको साँचो भएको बताउनुभयो । उहाँले प्रयोगशाला र कार्यशालाहरुलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राख्न जरुरी रहेको बताउनुभएकाे छ। विश्वविद्यालय अब केवल पढाउने शिक्षण संस्था मात्र भएर नपुग्ने भन्दै त्रिविमा रहेका व्यवहारिक ज्ञान-विज्ञानका कुराहरु नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बनाउनुपर्नेमा उहाँकाे जाेड थियाे।
मन्त्री पुनले अनुसन्धान केन्द्रहरु भविष्यमा आउनसक्ने समस्याको पहिचान गरी समाधान गर्नसक्ने थलो भएको बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया