काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिव पदमा युवा नेता अनुज खड्का अत्यधिक बहुमतसहित निर्वाचित भएका छन्।
पार्टीभित्र पुस्तान्तरण, संगठनमा नयाँ ऊर्जा तथा समयअनुकूल परिवर्तनको आवश्यकतालाई प्राथमिकतामा राख्दै खड्काले क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिएका थिए। निर्वाचनमा उनले अत्यधिक बहुमत प्राप्त गर्दै विजयी भएका हुन्।
निर्वाचित भएपछि खड्काले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि युवा पुस्ताप्रतिको विश्वास, सहकार्य र परिवर्तनको साझा परिणामका रूपमा लिएको बताएका छन्।
“यो विजय मेरो मात्र होइन, युवा पुस्ताप्रतिको विश्वास, सहकार्य र परिवर्तनको साझा विजय हो,” खड्काले भने, “ममाथि गर्नुभएको विश्वासलाई सधैं सम्मान गर्दै संगठनलाई अझ मजबुत बनाउने, युवाहरूको आवाजलाई प्राथमिकताका साथ उठाउने र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
खड्काले युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई पार्टीको संगठन सुदृढीकरणसँग जोड्दै आफूले प्राप्त गरेको सामाजिक तथा सांगठनिक अनुभवलाई पार्टीको हितमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
उनको निर्वाचितसँगै रामेछाप प्रदेश सभा ‘क’ मा युवा नेतृत्वको भूमिका र सहभागितालाई थप प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया