काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले ०८३ सालमा सञ्चालन हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको जानकारी दिएको हो।
बोर्डका अनुसार नियमित तथा आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिम पटक), ८० र ८१ भएका) परीक्षार्थी विद्यार्थीका लागि फाराम खुला गरिएको हो।
परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिमा फाराम भर्न छुटेका विद्यार्थीहरूले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जनाएको छ।
यसैगरी, परीक्षा शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीका फारामहरू माघ २५ गतेसम्म सम्बन्धित विद्यालयमार्फत बोर्डमा बुझाइसक्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया