सीएससी ग्लोबलले 'क्यानाडा एजुकेसन फेयर' आयोजना गर्ने

208 Shares

काठमाडौं। काठमाडौँमा 'क्यानाडा एजुकेसन फेयर २०२५ ' नामक शैक्षिक मेला हुने भएको छ। 

मेला सीएससी ग्लोबल नयाँ बानेश्वरमा साउन २७ देखि ३१ गतेसम्म ५ दिनसम्म चल्नेछ । पछिल्लो समय विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने क्रम बढिरहेका बेला सही सूचना र विद्यार्थीहरुलाई सहज बनाउन एजुकेशन फेयर आयोजना गर्न लागिएको म्यानेजर बिद्या बस्नेतले जानकारी दिइन् ।

फेयर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म नयाँ बानेश्वरको अफिसमा संचालन हुनेछ । क्यानाडा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला क्यानाडाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभावकलाई सूचना दिने उद्देश्यले फेयर आयोजना गर्न लागेको अनुप अधिकारीले जानकारी दिए ।

फेयरमा  शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्षलगायतका विषयमा सही सूचना दिइनेछ । सहभागी विद्यार्थीहरुले सो दिन  बिभिन्न उपहारसमेत पाउनेछन् । मेलामा एक हजार पाँच सयदेखि दुई हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।