काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघका पदाधिकारीको काज अवधि तोक्न नहुने संशोधन प्रश्ताव राख्नुभएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै मन्त्री पन्तले यस्तो प्रश्ताव गर्नुभएको हो । प्रश्ताविक विधेयक नेपाल शिक्षक महासंघको संस्थागत विकास तथा शैक्षिक सुधारका गतिविधि सञ्चालन गर्न सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी महासंघले तोकेका दुई पदाधिकारीलाई एक वर्षमा कम्तिमा दुई महिनासम्म काजमा राख्न सकिने व्यवस्था रहेको छ ।
उक्त समयावधी हटाउन सांसद पन्तले प्रश्ताव गर्नुभयो । उहाँले परम्परागत शिक्षाको गुणस्तर सुधार गर्दै त्यसलाई मूल प्रवाहमा ल्याउने विषयमा सरकारलाई स्पष्ट जिम्मेवारी तोक्नुपर्ने समेत बताउनु भयो । उहाँले शिक्षक–अभिभावक समन्वयलाई संस्थागत बनाउन अभिभावक संघलाई शिक्षक–अभिभावक संघ बनाउनुपर्ने प्रश्तावसमेत गर्नुभयो ।
शिक्षक बढुवाका लागि आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमताको मूल्याङ्कनको आधारमा हुने समितिको प्रश्ताव गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया