२०८२ साल श्रावण १३ गते मङ्गलबार: यस्ताे छ आजकाे राशिफल

285 Shares

काठमाडाैं । २०८२ साल श्रावण १३ गते मङ्गलबार तदनुसार २९ जुलाई २०२५ पञ्चमी तिथी ४८ घडी ३४ फला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ। उत्तर फाल्गुनी नक्षत्र ३८ घडी ८ पला उप्रान्त हस्ता नक्षत्र प्रारम्भ हुनेछ। शिव योग बयब करण आज बिहान सूर्योदय ५:२६ मा भयो भने सूर्यास्त साँझ ६:५३ मा हुनेछ। आज मङ्गलबार चन्द्रमा कन्या राशिमा । 

मेष राशि 
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ। कृषि तथा चौपायाबाट हानी हुने देखिन्छ । अकस्मात स्वास्थ्यमा गडबढ आउनाले मानसिक तनाव बढेर जानेछ। 

वृष राशि 
पैत्रिक स्वास्थ्यमा शीथलता आउनेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन्। राज्यपक्षबाट प्राप्त कष्टले गर्दा मनमा चिन्ता बढेर जानेछ। अनावश्यक विवादको सामना गर्नुपर्ने योग छ। 

मिथुन राशि 
स्वास्थ्यमा सुधार भएर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । अधुरा कामहरू पूरा भएर जानेछन् । आफन्तको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ ।

कर्कट राशी 
बोलीमा कठोरता आउनेछ । लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। आर्थिक क्षेत्रमा बाधा आउनेछ। राज्यपक्षबाट समेत कष्टता पाइने योग छ। मुद्दा मामिलामा फसिने देखिन्छ ।

सिंह राशि 
काममा ढिला सुस्ती भएर जानेछ । लामो समयदेखि चल्दै आएको काममा बाधा आउने देखिन्छ। प्रेमी प्रेमिकाबीच मनमुटावको सिर्जना नहोला भन्न सकिँदैन । सञ्चित धनको नाश हुने देखिन्छ। 

कन्या राशि 
साझेदारी काममा राम्रै आम्दानी गर्न सकिनेछ । जग्गा जमिनबाट प्रशस्त फाइदा हुने देखिन्छ । जलयुक्त पदार्थबाट फाइदा लिन सकिनेछ । शैक्षिक क्षेत्रमा सुधार भएर जानाले मनमा खुसी छाउनेछ। 

तुला राशि 
रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। स्वास्थ्यसम्बन्धी समस्यामा सुधार भएर जाने देखिन्छ । आकस्मिक धनलाभ मिल्नाले मनमा खुसी छाउनेछ। 

वृश्चिक राशि 
लेखन शैलीमा तीव्रता आउने देखिन्छ । धार्मिक यात्राको अवसर मिल्नेछ । बोलीमा माधुर्यता छाउनाले नयाँ साथीको आगमन हुनाका साथै आकस्मिक धनलाभ लिन सकिनेछ। 

धनु राशि 
झुटा आरोपको सामना गर्नुपर्नेछ । साथीभाइबाट आलोचित हुनुपर्नेछ।  न्यायिक क्षेत्रमा बाधा आउने देखिन्छ । अनावश्यक आपत्तिको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा गडबढ आउने देखिन्छ ।

मकर राशि 
सामाजिक कार्यमा समय व्यतित हुने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। शैक्षिक क्षेत्रमा बाधा आउनाले मनमा खिन्नता छाउनेछ । धनमाल हराउन सक्ने देखिन्छ ।

कुम्भ राशि 
व्यापार व्यवसायमा सफलता पाइने योग छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नाले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। कृषि चौपायाबाट लाभ लिन सकिने देखिन्छ । पारिवारिक सरसहयोग मिल्ने देखिन्छ ।

मीन राशि 
न्यायिक कार्यमा सफलता मिल्नेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। कार्यमा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ ।