काठमाडौँ। २०८२ साल श्रावण ९ गते शुक्रबार तदनुसार २५ जुलाई २०२५ । प्रतिपदा तिथी ४६ घडी १५ पला उप्रान्त द्वितीय तिथी प्रारम्भ हुनेछ। तिष्य नक्षत्र २९ घडी १४ पला उप्रान्त अश्लेषा नक्षत्र प्रारम्भ हुनेछ। बज्रयोग किम्सतुग्न करण आज बिहान सूर्योदय ५:२४ मा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ । आज शुक्रबार चन्द्रमा कर्कट राशिमा ।
मेष राशि
गरिरहेको काममा बृद्धि भएर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर जानेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। चल सम्पत्तिमा बृद्धि भएर जाने देखिन्छ।
वृष राशि
प्रेमी प्रेमिकाबीच माधुर्यता छाउने चाँदी जन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। आयमा बृद्धि हुनुका साथै लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ।
मिथुन राशि
अनावश्यक विवाद बढेर जाने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । शैक्षिक क्षेत्रमा बाधा आउने हुँदा सजक सजगता अपनाउनु होला।
कर्कट राशि
सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। सौन्दर्यतामा मन जानेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सुचारु भएर जानेछन्।
सिंह राशि
कार्यमा बाधा आउनेछ । आयआर्जनमा कमी आउनुका साथै पैत्रिक सम्पत्तिको विषयलाई लिएर वादविवादको सामना गर्नुपर्ने देखिन्छ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ।
कन्या राशि
अध्ययनमा बाधा आउनेछ । खर्चको मात्रा बढेर जानेछ । अनावश्यक पारिवारिक विवादमा फसिने योग छ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । साझेदारी काममा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ।
तुला राशि
वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ । स्वास्थ्यमा सुधार भएर जानेछ । विश्वास गरेका साथीभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउने छ।
वृश्चिक राशि
आकस्मिकरूपमा पारिवारिक समस्याले सताउनेछ । धार्मिक कार्यमा बाधा आउने देखिन्छ ।लेखनशैलीमा कमी आउनुका साथै गरिरहेको काममा अपजसको सामना गर्नुपर्ने देखिन्छ। सजग रहनुहोला।
धनु राशि
शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ । व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । धार्मिक कार्यमा सहभागी हुनाले सबैको प्यारो भइनेछ । भोजभतेरमा सामेल भइनेछ।
मकर राशि
श्रीमान श्रीमतीबीच माधुर्यता छाउने छ । बोलीमा मिठास छाउनेछ। भौतिक साधनको प्रयोगमा वृद्धि भएर जानेछ। लेखनशैलीमा तीव्रता आउनुका साथै लामो दुरीको यात्राको योग रहेको छ।
कुम्भ राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। अधुरा कामहरू पूरा भएर जानेछन् । मानसम्मानमा वृद्धि भएर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। प्रेम गर्ने अवसर जुट्नेछ।
मीन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । आकस्मिकरूपमा धनलाभ मिल्ने देखिन्छ । साझेदारी काममा सफलता प्राप्त गर्नुका साथै पुराना साथीभाइ भेटघाट हुनाले रमाइलोमा समय व्यतित गरिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया