काठमाडौँ । २०८२ साल श्रावण १ गते बिहीबार तदनुसार १७ जुन २०२५ । सप्तमी तिथी ३१ घडी ४९ पला उप्रान्त अष्टमी तिथी प्रारम्भ हुनेछ । रेवती नक्षत्र ५५ घडी ४ पला उप्रान्त अश्विनी प्रारम्भ हुनेछ । अतिगण्ड योग भर करण आज बिहान सूर्योदय ५ः२० मा भयो भने सूर्यास्त ६:५९ मिनेटमा हुनेछ। आज बिहीबार चन्द्रमा मीन राशिमा ।
मेष राशि
आयमा कमी आउनेछ। दाजुभाइमा पैत्रिक सम्पत्तिको विषयलाई लिएर वादविवादको सिर्जना हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। अध्यापन क्षेत्रमा आएको कमीले मनमा चिन्ता बढेर जानेछ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास छाउने छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाजुभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
मिथुन राशि
काममा ढिलासुस्ती भएर जानेछ। । सामाजिक काममा बाधा आउनेछ । अनावश्यक विवाद बढेर जानुका साथै लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। बोलीमा कठोरता आउने देखिन्छ ।
कर्कट राशि
पारिवारिक कलह बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। सजग रहनुहोला।
सिंह राशि
साझेदारी काममा सफलता प्राप्त गर्न सकिनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ । लेखन शैलीमा आएको सफलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
कन्या राशि
इलेक्ट्रिकसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। साथीभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । भोजभतेरमा सामेल हुने अवसर जुट्नेछ।
तुला राशि
शारीरिक आलस्यता बढेर जानेछ । आर्थिक क्षेत्रमा कमी आउनेछ । नशासम्बन्धी समस्याले सताउनुका साथै पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
बोलीको प्रभाव बढेर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य हुने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । मातृ वात्सल्यता पाइने योग छ।
धनु राशि
मानसम्मान पाइने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने देखिन्छ । पठनपाठनमा सफलता मिल्नेछ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ।
मकर राशि
आयआर्जनमा बृद्धि भएर जानेछ । सामाजिक काममा सफलता पाइने योग छ । आकस्मिकरुपमा धनलाभ मिल्नुका साथै पुराना साथीभाइसँग भेटघाट हुने देखिन्छ।
कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। साझेदारी काममा बाधा आउनुका साथसाथै झुठा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
मीन राशि
स्वास्थ्यमा सुधार भएर जानेछ। बोलीको प्रभावले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया