त्रिविका उपकुलपति प्रा डा दीपक अर्यालद्वारा शपथ ग्रहण

206 Shares

काठमाडाैं । त्रिभुवन विश्व विद्यालयका नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

बुधबार प्रधानमन्त्री एवं त्रिभुवन विश्व विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिनुभयो । 

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गर्नुभएको थियो ।