एसईईको पुरक परीक्षा साउन २९ देखि हुने

474 Shares

काठमाडौँ । एसईईको पूरक परीक्षा मिति तय भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो ।

जसअनुसार पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिकापछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् ।

६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार प्रकाशित भएको छ । जस अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएकाे छ।

सार्वजनिक नतिजा अनुसार ३.६ जिपिएदेखि ४ जिपिएसम्म ल्याउने ४८ हजार १७७ तथा ३.२ देखि ३.६ ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५ रहेको छ । ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् अर्थात यो प्रतिशतमा परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।

एसईईको नतिजा गत वर्षभन्दा सुधार भएर आएकाे छ। राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० सालको एसईईको नतिजामा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको हो । 

यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।

२०८१ को एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।