काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सबैको सहयोग भए समयमै विद्यालय ऐन जारी हुने बताउनुभएको छ।
प्रतिनिधि सभाको सोमबारको विनियोजित शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र शिक्षक महासंघसँग भएका सम्झौता बमोजिम पछिल्लो सम्झौतामा तोकिएको मितिभित्र विद्यालय शिक्षा ऐन ल्याउन सरकार तयार रहेको बताउनु भयो ।
विभिन्न सरकारका पालामा शिक्षकका संघ संगठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत रहेको बताउनु भयो । उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरु समेट्ने गरी मन्त्रालयले धारणा निर्माण गरेर समितिमा छलफल गरिरहेको बताउनु भयो ।
मन्त्री पन्तले तोकिएको मितिभित्रै शिक्षासम्बन्धी विधेयक संसदमा प्रवेश गराउने दाबी गर्दै आफू समितिमा जुनसुकै बेलामा उपस्थित हुन तयार रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया