रूस–युक्रेन द्वन्द्व लामो समयसम्म रहनु राम्रो हुन सक्छः ट्रम्प

326 Shares

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन चान्सलर फ्रेडरिक मर्जको रूसमाथि थप अमेरिकी दबाबको आह्वानको बावजुद रूस र युक्रेनलाई केही समयसम्म लड्न दिनु राम्रो हुनसक्ने टिप्पणी गर्नुभएको छ । 

ह्वाइट हाउसमा मर्जसँगको भेटमा ट्रम्पले दुवै पक्षबीचको खराब सम्बन्ध र घृणाले चाँडै युद्धविराम गर्न गाह्रो बनाउने बताउनु भयो । जुन उहाँको आफ्नो पहिलेको दाबीबाट फरक छ । उहाँले द्वन्द्व चाँडै समाप्त हुने बताउनुभएको थियो । 

रूसमाथि नयाँ प्रतिबन्धहरूबारे ट्रम्पले तत्काल केही हुने सम्भावना नरहेको बताउनु भयो । तर रूस र युक्रेन दुवैमाथि प्रतिवन्ध लगाउन सक्ने संकेत गर्नुभयो ।सिन्ह्वा