डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन सम्पन्न

510 Shares

कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–९ मा रहेको श्री डेडीथुम्का माविको पूर्वविद्यार्थी शिक्षा सम्मेलन सम्पन्न भएको छ । 

बिहीबार मण्डनदेउपुर नगरपालिका सभा हलमा आयोजित कार्यक्रममा सो विद्यालयमा २०३८ सालदेखि २०८१ सालसम्म एसएलसी एसइइमा सहभागी पूर्वविद्यार्थीहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको हो । 

500930041_24656384090628819_5433365818610385819_n.jpg

विद्यालयकै इतिहासमा पहिलोपटक आयोजना भएको कार्यक्रममा विभिन्न समयमा विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको उपस्थिती रहेको थियो । विद्यालयका संस्थापक सदस्य घननाथ तिवारीबाट उद्घाटन भएको कार्यक्रममा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएका थिए भने पहिलो एसएलसी दिएका समूह र अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 

डेडीथुम्का फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइवा र उपप्रमुख विष्णुमणि नेपालले शिक्षा क्षेत्रमा नगरपालिकाले गरिरहेका कामहरुको बारेमा जानकारी दिनुभएको थियो । 

500930040_24656384980628730_7199353232817480423_n.jpg

यस्तै वागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिक्षा ऐन तथा प्रदेश सरकारले शिक्षा क्षेत्रमा गरेका कामहरुका बारेमा उल्लेख गर्दै कार्यक्रम सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा सुमन नेपालले शिक्षा क्षेत्रका समस्या र चुनौतीका बारेमा सेसन संचालन गर्नुभएको थियो भने प्रा डा गोपाल तिवारीले शिक्षा क्षेत्रमा गर्नुपर्ने विभिन्न विषयवस्तुमा केन्द्रीत रहेर सेसन संचालन गर्नुभयो । जसमा विभिन्न क्षेत्रमा विज्ञता हाशिल गर्नुभएका व्यक्तित्वहरु बद्री तिवारी, मैया पौडेल, शुकदेव सापकोटालगायतले प्रस्तुती दिनुभएको थियो । 

501427647_24656386913961870_3083843061264326219_n.jpg

सम्मेलन पूर्वविद्यार्थीहरुलाई जमघट गराउने र विद्यालयको समग्र शिक्षा क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको डेडीथुम्का फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

502375478_24657585853841976_8451828282228870136_n.jpg

कार्यक्रम श्री डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल आयोजक समितिका संयोजक कश्यपप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।