प्रतिनिधि सभामा पढेर सुनाइयो सांसद बस्नेत निलम्बनको सूचना

403 Shares

काठमाडाैं । टेरामक्स खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको पद निलम्वन भएको सूचना संसदमा सुनाइएको छ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्वनको सूचना सुनाउनुभएको हो । अख्तियारबाट प्राप्त सूचना संसद सचिवालय पुगेपछि सभामुख घिमिरेले सभामा सुनाउनुभएको हो । 

सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार वस्नेत स्वतः निलम्बनमा पर्नुभएको हो ।