संविधान संशोधनमार्फत बजेट ल्याउने मिति सारौँः नेता निधी

322 Shares

काठमाडाैं ।  नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रश्ताव गर्नुभएको छ ।

हरेक वर्ष सरकारले जेठ १५ गते संसदमा बजेट प्रश्तुत गर्ने गर्दछ । उहाँले जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्न आग्रह गर्नुभएको हो । 

गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्दा गणतन्त्रको महत्व धेरै हुने उल्लेख गर्दै उहाँले संविधानमै लेखिएको कारणले बजेट १५ गते नै ल्याउने गरिए पनि संविधान संशोधन गर्दा त्यसमा पनि संशोधन हुनुपर्ने बताउनु भयो । 

सांसद निधीले संसदको विषय भएकाले पनि संसदम विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।