काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको कार्यक्रम अनुसार कम्प्युटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको मन्त्रालयका उपसचिव प्रकाश आचार्यले बताउनु भयो । उहाँका अनुसार झापा, तेह्रथुम, धादिङ र ताप्लेजुङका १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई चालु आर्थिक वर्षमा १० वटा डिजिटल बोर्ड, १४ वटा कम्प्युटर, २ वटा प्रिन्टर र ४ वटा सिसिटिभी क्यामेरा वितरण गरिएको जानकारी दिनुभयो ।
झापाको दमकमा वितरण गरिएका शैक्षिक सामग्रीहरु विद्यालयमा पुगेर जडानको क्रममा रहेको उपसचिव आचार्यले बताउनु भयो । यस वर्ष शैक्षिक सहायता सामग्री वितरण गर्न ३० लाख बजेट विनियोजन गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया