दशक गायिकाका रुपमा अन्जु पन्त सम्मानित

451 Shares

काठमाडाैं।  नेपाली गीत संगीतको क्षेत्रमा तीन दशक अनवरतरुपमा पुर्‍याएको योगदानको कदर गर्दै गायिका अन्जु पन्तलाई दशक गायिकाको रुपमा सम्मानित गरिएको छ।

उहाँलाई गत बैशाख ४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा नेसनल क्यापिटल अनर अवार्ड २०८१ बाट सम्मानित गरिएको थियो ।

गायिका पन्तले नेपाली संगीतको क्षेत्रमा निरन्तर पाश्र्व स्वर, आधुनिक, लोक, भाषाभाषी लगायत विभिन्न विधाका ८ हजारभन्दा बढी गीतहरु रेकर्ड गराई सक्नुभएको र नेपाली संगीतलाई विश्वमै चिनाउन ठूलो योगदान पुर्‍याउनु भएको भन्दै सम्मान गरिएकाे हाे ।

गायिका पन्त हाल मेरो भ्वाइस युनिभर्सको निर्णायकको भूमिकामा ब्यस्त हुँदाहुँदै पनि क्यापिटल अवार्ड आयोजकले गर्न लागेको सम्मानमा उपस्थित हुनु भएकाे थियाे । यसैगरि यस वर्षको वेष्ट न्यु ट्यालेन्ट क्यापिटल अवार्ड परितोषिका पन्तले प्राप्त गर्नुभएकाे छ।