काठमाडाैं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित जम्मा ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।
आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सम्पर्कविहीन हुनेमा २५ जना प्रहरी समेत रहेकोमा ३ जना मृत फेला परि सनाखत समेत भइसकेको छ । उहाँले सम्पर्कविहीन हुने कर्मचारीहरुमा भन्सार कार्यालयका १५, अध्यागमनका चार, आठ वटा बैंक शाखाका २६, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा आठ हाइड्रोपावरका ९ सय ३३ जना रहेका छन्
प्रवक्ता काफ्लेले रसुवाबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, मकवानपुरबाट ६५ र सिन्धुपाल्चोकबाट २ सय २५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा ४ सय ८१ जना तथा कोशी प्रदेशमा १ सय ३८ जना सम्पर्कविहीन रहेको आएको समेत बताउनु भयो । उहाँले गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताउनुभयो ।
उहाँकाअनुसार बाढीमा परि सम्पर्कविहीन हुनेमा ७ सय ४५ जना आन्तरिक तथा बाह्य पर्यटकसमेत रहेका छन् । उहाँले हालसम्म बाढी प्रभावित जिल्लाहरुमा ७ सय ३५ जनाको शव फेला परेको समेत बताउनु भयो । उहाँले विपद्पछि खोज, उद्धार र राहतमा ७ हजार ८ सय ८९ जना परिचालन गरिएको बताउनुभयो ।
उहाँले आईतवार विहानै बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा करिब सात मिटर सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताउनु भयो । उहाँले अहिले टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा पुरिएका घर तथा शवको खोजी बताउनु भयो । हाइड्रोपावरका सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको काफ्लेले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीलाई प्राप्त जानकारीअनुसार हालसम्म ७ सय ३५ शवहरू फेला परेको अवस्था छ । अब सम्पर्कविहीन करिव ४ हजार ४ सय ७२ जना रहेको छ । जसमा नेपाल प्रहरीको २५ जना हुनुहुन्छ । ३ जना मृथ फेला परेर सनाखत भइसकेको छ । भन्सार कार्यालयको १५ जना, अध्यागमनको ४ जना, ८ बैंक शाखाको २६ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना, ८ हाइड्रोपावरका ९ सय ३३ जना कर्मचारी सम्पर्कविहीन भएको भनिएको छ । रसुवाबाट ५ सय ६२ जना मिसिङ भनेर प्राप्त भएको छ ।
नुवाकोटबाट १ सय १५ जनाको अहिलेसम्म डाटा आएको छ भने मकवानपुरको ६५ जना सम्पर्कविहीन भनेर विवरण प्राप्त भएको छ । उपत्यकामा अहिलेसम्म टिपाइएको ४ सय ८१ जना सम्पर्कविहीन भनेर टिपाइएको अवस्था छ । र सिन्धुपाल्चोक जिल्ला प्रशासनबाट हामीलाई २सय २५ जना सम्पर्कविहीन भएको भनेर विवरण आएको छ । कोशी प्रदेशको १ सय ३८ जना सम्पर्कविहीन छन् । गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि पनि बेपत्ता भन्ने कुरा आएको छ । ७ सय ४५ जना आन्तरिक तथा वाह्य पर्यटक समेत सम्पर्कविहीन हुनुभएको ।
उद्धार तथा खोजमा नेपाल प्रहरीका ७ हजार ८ सय ८९ जना परिचालन हुनुभएको छ । गएराति तथा आईतवार विहान समेत बाढी आएको कारण उद्धारमा केही समस्या पनि भएको थियो । हाल पृथ्वी राजमार्गको धादिङको रोराङ गाउँपालिका—७ कृष्णभीरमा ७ मिटर बाटो समेत भासिएको कारण पूर्ण रुपमा अवरुद्ध छ । आईतवारको बाढीले गल्छीमा थप चार वटा घर बगाएको अवस्था छ । त्यसैगरी ८ वटा घर जोखिममा रहेका छन् ।
खोज र उद्धारको कार्य आज पनि जारी छ । खासगरी टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीमा पुरिएका घर र शवहरुको अवस्था बुझ्ने काम भइरहेको छ । हाइड्रोको टनेलहरूमा भइरहेको उद्धारको प्रयास आज पनि जारी छ ।’ उहाँले खनाखत हुन नसकेका केही शवहरुको व्यवस्थापन गरिएको समेत जानकारी दिनुभयो । उहाँले शवहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी व्यवस्थापन गरिएको स्पष्ट पार्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया