काठमाडौं । रसुवाकाे भाेटेकाेशी नदीमा बुधबार आएकाे भीषण बाढीपछि अवरुद्ध भएकाे काठमाडौं उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
सडक विभागले रसुवा बाढीपछि अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको जनाएको हाे। उक्त सडकखण्ड अन्तर्गत मलेखु नजिकको पोखरी, बांगे र गलौदी क्षेत्रको लेदो हटाउने काम सकिएसँगै यातायात सुचारु भएको छ । बाढीका कारण राजमार्गको गल्छी बैरेनी खण्डमा लेदो माटोले पुरिएको थियो ।
यसअघि उक्त माटो हटाएर बिहीबारदेखि एकतर्गफी यातायात सुचारु भएको थियो । पुल बगाएर बाटो पनि छोपेको जरिखेत खण्डको पनि लेदो हटाएर हटाई यातायात सुचारु भइसकेको थियो । यातायात सुचारु भएसँगै काठमाडौं उपत्यकाको आपूर्ति प्रणाली सहज हुने विश्वास गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया