8
Shares
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव बुझ्न मृतकका आफन्तहरू विभिन्न अस्पताल पुग्ने क्रम बढेको छ ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा शव पहिचान र संकलनका लागि आफन्तहरू प्रतीक्षारत छन् । त्यसैगरी, बाढीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उपचार प्रक्रिया बुझ्न पनि अस्पतालहरूमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।
विपत्तिका कारण आफ्ना सदस्य गुमाएका र घाइते भएकाहरूका परिवारजन यतिबेला अस्पतालका विभिन्न विभागहरूमा भौँतारिनुपर्ने अवस्था सिर्जना भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया