चार महिनामा ८ खर्बभन्दा बढीको आयात, व्यापार घाटा ६ खर्ब ६८ अर्ब पुग्यो

118 Shares

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा नेपालको वस्तु आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा निर्यात व्यापार पनि ४३.४८ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा २९.६५ प्रतिशतले वृद्धि भएर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ थियो । अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। कुल व्यापारमा निर्यातको हिस्सा बढेर १४.३१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा घटेर ८५.६९ प्रतिशत कायम भएको छ ।