भारतका लागि नेपाली राजदूत पाण्डेद्वारा ओहोदाको प्रमाणपत्र पेस

58 Shares


भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उहाँले आफ्नो कूटनीतिक जिम्मेवारी औपचारिक रूपमा अघि बढाउनुभएको हो ।

ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै राजदूत पाण्डेले नयाँदिल्लीस्थित नेपाली राजदूतावास पुगेर पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर १ गते उहाँलाई भारतका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको थियो ।

नयाँ राजदूतको जिम्मेवारीसँगै नेपाल–भारतबीचको राजनीतिक, आर्थिक, व्यापारिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।