आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गर्दै स्वतन्त्र नागरिक अभियानले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । अभियानले स्थानीय तहमा दलीय भागबन्डाभन्दा योग्य, इमानदार र समुदायमा योगदान गरेका व्यक्तिलाई नेतृत्वमा पुग्ने अवसर दिनुपर्ने माग गरेको छ ।
स्थानीय विकास र सेवा प्रवाहलाई दलीय विवादबाट मुक्त राख्दै स्थानीय सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने दिनेश त्रिपाठी भनाइ छ । ज्ञापनपत्रमार्फत निर्वाचन निर्देशिका तथा आचारसंहिता संशोधनको मस्यौदा तत्काल तयार गर्न, सम्बन्धित ऐनका आवश्यक दफा संशोधन गर्न र सर्वदलीय बैठकमा गैरदलीय स्थानीय सरकारको विषयलाई प्रमुख एजेन्डा बनाउन माग गरिएको छ ।
अभियानले संविधान संशोधन आवश्यक नपर्ने दाबी गर्दै निर्धारित कानुनी प्रक्रियाबाटै गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न आयोगसँग आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया