समाजसेवा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै समाजसेवी राजभाइ प्रधानले बनेपास्थित शीर मेमोरियल अस्पतालमा बहिरंग विभागको नयाँ भवन निर्माण गरिदिनुभएको छ ।
अस्पतालमा बहिरंग तथा अन्तरंग सेवा सञ्चालनका लागि आवश्यक कोठाको अभाव भइरहेको अवस्थामा प्रधानले व्यक्तिगत लगानीमा भवन निर्माण गरिदिनुभएको हो। २०८१ साल कात्तिक २१ गतेदेखि निर्माण सुरु भएको उक्त भवन उद्घाटनसँगै अस्पताललाई हस्तान्तरण गरिएको छ ।
भवन निर्माणपछि अस्पतालको सेवा प्रवाह थप व्यवस्थित हुनुका साथै बिरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । भवन उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै दाता प्रधानले आफू भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “म कुनै उद्योगपति वा धनाढ्य होइन। तर जन्मिएपछि समाजका लागि केही योगदान गर्नुपर्छ भन्ने सोचले अस्पतालको सेवा विस्तारमा सहयोग गरेको हुँ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया