नेपालको प्राकृतिक सौन्दर्य, हिमाली सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यसहित प्रस्तुत गरिएको नेपाल मण्डपले नेपालको समग्र परिचय झल्काएको छ ।
हिमाल, पहाड र तराईको भौगोलिक विविधतासँगै नेपाली कला, संस्कृति, परम्परा र जीवनशैलीलाई समेटिएको नेपाल मण्डपले आगन्तुकलाई नेपाल बुझ्ने अवसर प्रदान गरेको छ । नेपालको पहिचान हिमालसँग मात्र सीमित छैन ।
यहाँको जैविक विविधता, प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र स्थानीय समुदायको जीवनशैली पनि उत्तिकै महत्वपूर्ण छन् । नेपाल मण्डपले यिनै विशेषतालाई एउटै थलोबाट प्रस्तुत गर्ने प्रयास गरेको छ । विशेषगरी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौती, हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम तथा त्यसले स्थानीय जनजीवनमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पु¥याउन पनि यस्तो मञ्च महत्वपूर्ण बनेको छ ।
नेपाल मण्डपले नेपालको सुन्दरता मात्र होइन, जलवायु परिवर्तनका कारण हिमाल र हिमाली समुदायले भोगिरहेका समस्या तथा संरक्षणको आवश्यकताबारे पनि विश्वको ध्यानाकर्षण गराएको छ । यसरी नेपाल मण्डप नेपालको प्राकृतिक, सांस्कृतिक र पर्यावरणीय पहिचानलाई एकै ठाउँमा जोड्दै विश्वसामु नेपालको कथा सुनाउने महत्वपूर्ण माध्यम बनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया