76
Shares
व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाउने करदाताका रूपमा व्यवसायी राजबहादुर शाह सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले शाहलाई सर्वाधिक आयकर तिर्ने व्यक्तिका रूपमा सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८०÷८१ मा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाएका शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् । यसअघि पनि सर्वाधिक आयकर तिर्ने व्यक्तिका रूपमा सम्मानित भइसकेका छन् ।
संस्थागततर्फ सबैभन्दा बढी आयकर बुझाउने निकायका रूपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ । विभिन्न क्षेत्रबाट राज्यलाई राजस्वमा योगदान पु¥याउने कम्पनी तथा संस्थालाई पनि विभागले सम्मान गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया