मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, बढाउने बैंक शून्य

175 Shares

वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर बढाउने बैंक भने एउटा पनि छैन । ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, र एनएमबी बैंक रहेका छन् ।

यस्तै, बाँकी १४ वटा बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै बचतकर्ताको आम्दानीमा समेत प्रभाव पर्ने देखिएको छ । विशेषगरी मुद्दती निक्षेपमा रकम जम्मा गरेर ब्याजबाट आम्दानी गर्दै आएका ग्राहक प्रभावित हुन सक्नेछन् ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु र कर्जाको मागमा अपेक्षित वृद्धि नहुनुलाई निक्षेपको ब्याजदर घट्नुका सम्भावित कारणका रूपमा हेरिएको छ । 

निक्षेपको ब्याजदरमा आएको यो परिवर्तनले आगामी दिनमा कर्जाको ब्याजदरमा समेत प्रभाव पार्न सक्ने भएकाले बैंक तथा वित्तीय क्षेत्रको आगामी अवस्थालाई चासोका साथ हेरिएको छ ।